विमानमा बमको झुठो खबर दिएको आरोपमा  एक पक्राउ

विमानमा बमको झुठो खबर दिएको आरोपमा  एक पक्राउ

729

एजेन्सी । भारतीय वायुसेवा विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो ।

नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुठो खबर दिँदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, महाराष्ट्र प्रहरीका डीसीपी स्वेता खेड्करको नेतृत्वमा भएको अनुसन्धान उन्केसम्म पुगेको थियो ।

 

तपाईको बिचार