यही हो हजुरबुवा पुस्ताले सिकाउने राजनीतिक संस्कार ?- सांसद गौतम

यही हो हजुरबुवा पुस्ताले सिकाउने राजनीतिक संस्कार ?- सांसद गौतम

697

काठमाडौँ । सांसद सोवित गौतमले ‘हजुरबुवा पुस्ता’ले यही हो राजनीतिक संस्कार सिकाउने भन्दै थप प्रश्न गरेकी छन् ।
बालुवाटारमा रवि लामिछानेको पक्राउको विरोध गर्दै रास्वपाले गरेको सडक प्रदर्शनमा बोल्दै उनले पुराना र ठूला भन्ने दलले कस्तो राजनीतिक संस्कार स्थापित गर्न खोजेको भन्दै प्रश्न गरेकी छन् ।

‘सरकारले सहकारी पीडितको बचत फिर्ता गर्न चाहेको भए प्राधिकरण गठन गरेर अघि बढ्थ्यो‚’ उनले भनिन्‚‘तर रवि लामिछानेलाई जेलमा थुनेको छ । विधिको शासनमा सरकार माथि हुन्छ कि कानुन ? यही हो हजुरबुवा पुस्ताले सिकाउने राजनीतिक संस्कार ?’ उनले भनिन् ।

आफूहरूले रवि लामिछानेलाई अनुसन्धान गर्न कुनै पनि अवरोध नगरेको स्पष्ट पार्दै सांसद् गौतमले लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न समेत सरकारलाई अनुरोध गरेकी छन् ।

तपाईको बिचार