टक्सारमा असर्फी किन्नेको भीड

टक्सारमा असर्फी किन्नेको भीड

625

काठमाडौँ । काठमाडौँको बबरमहलस्थित टक्सार विभागमा असफी किन्नेको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का(असर्फी) बिक्री गर्दैछ ।

विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ । मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार) अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ यस कारण पनि असर्फी किन्नेहरुको भीड लागेको हो ।

असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज मात्र असर्फी बिक्री गर्न लागेको हो । गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ । यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी बिक्री गरिरहेको छ ।

राष्ट्र बैंकले गत आइतबारदेखि नै चाँदीका सिक्का बिक्री गरिरहेको छ । प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ । असर्फी आजमात्र वितरण गरिने भएपनि चाँदीका सिक्का भोली बुधबारसम्म बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको बिचार