काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई विपत्तिको सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भूगर्भ समाजले मंगलबार काठमाडौँमा ‘उत्थानशील भविष्यको लागि भावी पुस्ताको सशक्तीकरण’ भन्ने नाराका साथ तयगरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले अब बन्ने संरचनाहरु नेपाली भूगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनु पर्नेमा समेत जोड दिए ।
कार्यक्रममा दाहालले भुगर्भको अध्ययन र अनुसन्धान विश्वविद्यालय तथा शैक्षिक संस्थामा मात्र केन्द्रित नभई कार्यस्थलमा समेत कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।
रोजगारी, उद्यमशीलता र अवसरहरूको सिर्जना गरी युवाहरूलाई स्वदेशमानै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको भन्दै उनले स्वदेशमा युवाहरू रहे मात्र विपत्तिको बेलामा परिचालन गर्न सकिने बताए।
तपाईको बिचार