सांसद चौधरीसहित रास्वपा १७ जना नेता कार्यकर्ताहरु पक्राउ (अपडेट)

सांसद चौधरीसहित रास्वपा १७ जना नेता कार्यकर्ताहरु पक्राउ (अपडेट)

729

काठमाडौँ । रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांसद अशोक चौधरी सहितका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेता कार्यकर्ताहरुमा सांसद् अशोक चौधरी, वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ ,प्रदीप विष्ट काठमाडौँ, साहिल प्रयास नुवाकोट ,सबि खड्का ललितपुरसुरेश पोख्रेल झापा, ध्रुव ढकाल सिन्धुपाल्चोक, नवराज भण्डारी काठमाडौँ ,प्रकाश लामिछाने गोर्खा ,रक्षा रायमाझी काठमाडौँ , ,बुद्धरत्न महर्जन ललितपुर रहेका छन् ।

यस्तै पक्राउ गर्नेहरुमा दयाराम नेपाल सिन्धुपाल्चोक, सुरेन्द्रराज अवाले ललितपुर ,शैलेन्द्र खत्री भक्तपुर,उमेश लामा सिन्धुपाल्चोक, खुसीराम कैनी तनहुँ, नवराज मुडभरी गोर्खा रहेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर