लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण जारी, प्रतिनिधिसभा विघटनको खतरा अझै बाँकी- नारायणकाजी श्रेष्ठ

लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण जारी, प्रतिनिधिसभा विघटनको खतरा अझै बाँकी- नारायणकाजी श्रेष्ठ

715

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् ।

माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विगतमा झैं प्रतिनिधिसभा विघटनको खतरा बाँकी नै रहेको पनि बताए ।

उनले भने, ‘आज विभिन्न कोणबाट लोकतन्त्रमाथि आक्रमण भइरहेको छ । लोकतन्त्रमाथि प्रहार भइरहेको छ र अपरहण गर्ने कुचेष्टा जारी छ ।’ लोकतन्त्रमाथि प्रहार गर्नेहरूले असंवैधानिक रूपमा विगतमा प्रतिनिधिसभा विघटन गरेझैँ त्यो खतरा अहिले पनि कायम रहेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रतिनिधिसभा विघटन लगायतका कार्य हुनबाट रोक्नुपर्ने बताए । उनले समाजवाद उन्मुख समावेशीतालाई रक्षा गर्नुपर्ने पनि बताए ।राजनीतिक उपलब्धि सँग सँगै देशले आर्थिक विकास र समृद्धिको अपेक्षा गरेको उनको भनाइ थियो ।

 

तपाईको बिचार