काठमाण्डौं । प्रमुख प्रतिपक्षी दलका नेताहरुले आज बुधबार अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।
सरकारका कामकारबाहीमा असन्तुष्टि जनाउँदै आएका विपक्षी दलहरूले राष्ट्रपति पौडेललाई भेट गरी सो बारेमा जानकारी गराउने भएका हुन् ।
प्रधानमन्त्री ओलीले साना दल फुटाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बेलामा त्यसलाई रोक्न राष्ट्रपतिलाई आग्रह गर्न लागेको बताइन्छ।
उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण पत्रसमेत गराएका थिए।
तपाईको बिचार