फेरी पनि बढ्यो सुनचाँदीको मूल्य

फेरी पनि बढ्यो सुनचाँदीको मूल्य

695

काठमाडौं । नेपाली बजारमा आज ९बुधबार० सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । हिजो मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यससँगै स्थानीय बजारमा सुनको मूल्य तोलामा एक लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार एक सय रुपैयाँ कायम भएको चाँदी बढेर आज २ हजार एक सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर