भैरहवामा सुप्रिम सहकारी पीडितको प्रदर्शन

भैरहवामा सुप्रिम सहकारी पीडितको प्रदर्शन

97

रूपन्देही । रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले भैरहवामा प्रदर्शन गरेका छन्। सुप्रिम सहकारी बचत ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबार बिहानदेखि बयान भइरहँदा सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालतअगाडि प्रदर्शन गरेका हुन्।

उनीहरूले बचत रकम फिर्ता गर, हाम्रो रगत पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

उनीहरुले रवि लामिछाने, जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएकोसमेत आरोप लगाएका छन्। सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको बताए।

सहकारी ठगी प्रकरणमा गत असोज ६ गते पक्राउ गरी पोखरा लगिएका जोशीलाई बयानको लागि सोमबार बुटवल ल्याइएको थियो। सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने यसअघि नै पक्राउ परि पुर्पक्षका लागि जिल्ला कारागार भैरहवा चलान भईसकेका छन्।

तपाईको बिचार