काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) ले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल आक्रामक रूपमा प्रस्तुत हुने भएको हो । विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको सडक आन्दोलनको घोषणा गरेको हो।
पेरिसडाँडामा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।
काडमाडौंको भृकुटीमण्डपमा हुने जनप्रदर्शन सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर गर्ने माओवादीले जनाएको छ।
तपाईको बिचार