चिकित्सकको इन्जेक्सनपछि महिलाको मृत्यु, दोषीलाई कारवाही र क्षतिपूर्तिको माग

चिकित्सकको इन्जेक्सनपछि महिलाको मृत्यु, दोषीलाई कारवाही र क्षतिपूर्तिको माग

651


काठमाण्डौं ।  चिकित्सकले दिएको इन्जेक्सन पछि महिलाको मृत्यु भएको भन्दै चितवनमा आफन्तहरू आक्रोशित भई मेडिकलमा तोडफोड गरेका छन् ।

चितवनको खैरहनी नगरपालिका-६ पुरानो पर्सामा सोमबार राति पर्वत फलेवास नगरपालिका-३ कार्की टोल घर भई हाल चितवन खैरहनी नगरपालिका-५ बुडौलीमा बस्ने ४१ वर्षीया तुलसी कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित भएका आफन्त र स्थानीयहरुले त्यहाँस्थित चौधरी मेडिकलमा तोडफोड गरेका हुन् ।

श्वासप्रश्वासमा समस्या भएपछि  उपचार गराइरहेकी कार्कीको चिकित्सकले दिएको इन्जेक्सन पछि मृत्यृ भएको आरोप आफन्तहरुले लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, कार्कीलाई कात्तिक ३ गतेदेखि उक्त मेडिकलमा उपचार गराइँदै आएको थियो। घटनापछि मृतकका आफन्त, मेडिकल पक्ष र जनप्रतिनिधिबीच भएको छलफलमा मृतकका आफन्तलाई क्षतिपूर्ति दिने साथै घटनाका दोषीलाई कानुनी कारवाहीको सहमति भएपछि  शवलाई भरतपुर अस्पतालको शव गृह पठाइएको प्रहरीले जनाएको छ।

तपाईको बिचार