आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

703

काठमाडौं । नेपाली बजारमा आज ९मंगलबार० सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला एक लाख ६५ हजार नौ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला एक लाख ६५ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भएको थियो भने आज दुई हजार एक सय रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर