काभ्रे बारमा दोहोरो सदस्यता विवाद- सचिव पदका उम्मेद्वार विरुद्ध उजुरी 

काभ्रे बारमा दोहोरो सदस्यता विवाद- सचिव पदका उम्मेद्वार विरुद्ध उजुरी 

675

काठमाडौ भोलि कार्तिक ३ गते हुने  काभ्रेपलान्चोक जिल्ला बार इकाइको कार्यसमिति निर्वाचनमा  सचिव पदको उममेदवार विरुद्ध दावी विरोध परेको छ। हिजो  भएको प्रथम नामावली प्रकाशनमा चित्त नबुझेपछि अध्यक्ष हरि शरण दाहालले नेतृत्व गर्नु भएको प्यानलका सचिव पद विरुद्ध दावी विरोध प्रस्तुत भएको हो ।

 लोकतान्त्रीक तथा प्रगतिशील समूहको तर्फबाट  नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायि  प्राणनाथ न्यौपानेले सचिव पदका प्रतिद्वन्दी नारायण ध्वज तामाङ विरुद्ध दावी विरोध गरेको  निर्वाचन समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

तामाङको काभ्रे र ललितपुर बार इकाइमा दोहोरो  सदस्यता रहेको दावी न्यौपानेले गरेका छन् । काभ्रे बारमा नवीकरण क्रम सङ्ख्या ४३  छ भने ललितपुरमा नवीकरण सङ्ख्यामा २४० छ । १०१९६ लाइसेन्स नम्बर भएका तामाङको उम्मेदवारी बारको विधान विपरित रहेकोले खारेजी हुनु पर्ने न्यौपानेले जिकिर गरेका छन् ।

काभ्रे जिल्ला बार ईकाइको अधिल्लो कार्यकालमा कोषाध्यक्ष पदमा रहेर काम गरेका तामाङ विरुद्ध दावी बिरोध पर्नुको कारण के हो आफुलाई थाहा नभएको सापकोटाले बताए । उनका अनुसार ,  तामाङ  वैतनीक कानुन ब्यवसायी र काभ्रेमा कृयाशिल हुन् । उनी विरुद्धको दावी प्रमाण पेस भएमा  तामाङको उमेदवारी खारेज हुने छ। दावी बिरोध प्रमाणित नभए सहमतिमा निर्वाचन गराउने सापकोटाले बताए । 

तपाईको बिचार

सम्बन्धित खबर