जनसरोकारका सवालमा सरकारलाई ज्ञापनपत्र बुझाउने- प्रतिपक्षी दलको निर्णय

जनसरोकारका सवालमा सरकारलाई ज्ञापनपत्र बुझाउने- प्रतिपक्षी दलको निर्णय

691

काठमाडौँ । शुक्रबार बसेको प्रतिपक्ष दलहरूको संयुक्त बैठकले विद्यमान विभिन्न सवाललाई लिएर सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ), राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) र नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) लगायत विपक्षी दलहरूको आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकले सरकारलाई समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको  बैठकले बाढीपहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनस्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बताईएको छ ।

जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेस गर्ने भन्ने समझदारी भएको बताईएको छ ।  बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरू महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरू डिपी अर्याल र डा. स्वर्णिम वाग्ले नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ सहितको सहभागिता थियो ।

 

तपाईको बिचार

सम्बन्धित खबर