काभ्रेको रोशीका बाढी पीडितलाई खाद्यान्न बितरण 

काभ्रेको रोशीका बाढी पीडितलाई खाद्यान्न बितरण 

882

काठमाडौँ ।  असोज १२ गते आएको बाढी पहिरोले प्रभावित जिल्ला काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ का ३ सय ५४ घरधुरीलाई खाद्यान्न राहत सामग्री वितरण गरिएको छ ।

झेंग कुओ मन्दिर ताइवानको सहयोगमा सुखी नेपाली अभियानले चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको सुखी नेपाली अभियानका अभियान्ता लाप्साङ पाख्रिन तामाङले जानकारी दिए ।

अभियानले मसरङ्गी, भण्डारे, मजुवा, भदौरे, किम्भे, साँझाकोट, छाप, फेटटार, मकुटार, सिहाले, बकुल्टार, शिखर, फोइ लगायतका विपन्न तथा बाढी पहिरो प्रभावित घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

बाटो, बत्ती , खानेपानी लगायतको अभावमा जीवन चलाउन बाध्य त्यस वडाबासीहरु आफ्नो खेतबारीमा पाकेको अन्नबाली समेत सबै पहिरो र बाढीले बगाएपछि राहतको पखाईमा थिए ।

ताइवानी सहयोगदाताहरूमा छाङ याङ सिफु, ज्यास्मिनखेन्पो सहित खुशी नेपालका प्रतिनिधिहरू विकास महर्जन, लाप्साङ पाख्रिन तामाङ, स्थानीय समाजसेवी कुमार लामा (च्यामा), पत्रकार भीम लामा, रोशी वडा नं. ३ का वडा सदस्यहरू सीता लामा, सीता वि.क., गणेशबहादुर मोक्तान, खहरे प्रहरी चौकीका इन्चार्ज अमित यादव, पूर्णमान लामाको उपस्थितिमा राहत वितरण गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर