बुद्ध एयरकोे ‘माउन्टेन फ्लाइट’मा समस्या , विमान आकाशबाटै फर्काइयो

बुद्ध एयरकोे ‘माउन्टेन फ्लाइट’मा समस्या , विमान आकाशबाटै फर्काइयो

711

काठमाडौँ । बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा गएको ‘नाइन एन एजेएस’ कलसाइन विमानमा प्राविधिक समस्या देखिएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले त्यो विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ ।

बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर