बारा । नेकपा ( एकीकृत समाजवादी ) जिल्ला कमिटी बाराको दशौं बैठक सम्पन्न भएको छ । विजया दशमीको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान सहित समापन भएको बैठक पार्टीका जिल्ला अध्यक्ष विजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बैठकको प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य दिनेश कुमार राई र अतिथिहरू पार्टी केन्द्रीय सदस्यहरू हिमालचन्द्र खरेल, मालती कुशवाहा, पार्टीका निवर्तमान केन्द्रीय सदस्य श्रीप्रसाद पासवान लगायतका नेताहरु बैठकमा सहभागि भई पार्टीको आगामी कार्यक्रमको सुझाव र शुभकामना व्यक्त गरेका थिए ।
बैठकले पार्टीले जारी गरेका अन्तर पार्टी निर्देशन (अपानि ) १, २ र ३ लाई कार्यान्वयन गर्ने , मधेस प्रदेश कमिटी अधिवेशन पुस ६ र ७ गते गर्ने, दशैं पछि वृहत् कार्यकर्ता भेला तथा सन्देश सभ कार्यक्रम गर्ने ,क्षेत्रीय समन्वय कमिटी, प्रदेश सभा समन्वय कमिटी, पालिका कमिटीहरूको बैठक गर्ने र मोर्चा संगठन र जनसंगठनहरु बैठक, भेला तथा गठन पुनर्गठन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको पार्टीका पोलिटब्युरो सदस्य दिनेशकुमार राईले बताए ।
तपाईको बिचार