मन्त्रीहरुद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन

मन्त्रीहरुद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन

659

काठमाडौं । मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिने भएका छन् ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्कोट, सिन्धुपाल्चोकको चौतारा, ललितपुरको गोटीखेलका लागि प्रस्थान गरेका छन् ।

उनीहरुले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल गर्नेछन् ।

तपाईको बिचार

सम्बन्धित खबर