काठमाण्डौको बत्तिसपुतलीमा गोरक्ष हाटबजारको उद्‌घाटन हुँदै,  स्वदेशी उत्पादनको बिक्री व्यवस्थापन गर्ने उद्देश्य

काठमाण्डौको बत्तिसपुतलीमा गोरक्ष हाटबजारको उद्‌घाटन हुँदै,  स्वदेशी उत्पादनको बिक्री व्यवस्थापन गर्ने उद्देश्य

1303

काठमाण्डौं खोजी मौलिकताको अभियान समृद्धिको भन्ने नाराका साथ नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा लैजाने उद्देश्यले स्थापित गोरक्ष हाटबजारको, उद्‌घाटन हुने भएको छ ।

दिउँसो १. ३० बजे बजारको विधिवत रुपमा उद्‌घाटन हुने बताईएको छ । विश्व हिन्दु युवा संघको पहलमा सुरु भएको हाटबजार भोलि असोज २१ गते सोमबार उद्‌घाटन हुने बताइएको छ । गोरक्ष हाटबजार, राममन्दिर मार्ग बत्तिसपुतली काठमाण्डौमा केही समय अघिबाट सुरु भएको हो ।

 नेपालको आधारभुत तहमा रहि गामघर शहर तराई पहाड हिमालका सबै भूगोल बाट देश र जनता सङ्ग जोडिएका मौलिक उत्पादनहरू ( स्वदेशी उत्पादन ) को बिक्री  व्यवस्थापन गर्ने उद्देश्यले स्थापित गोरक्ष प्रा लि. ले काठमाण्डौको गौशालामा सुरु गरेको हाटबजार प्रत्येक शनिबार संचालनमा आएको विश्व हिन्दु युवा संघका अध्यक्ष  ऋषिकेशजङ्ग शाहले बताए । उनले स्थानीय उत्पादन र उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियानको सुरु गरिएको बताए । 


 

तपाईको बिचार