काठमाडौं । चारदिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । उनी आज बिहान स्वदेश फर्किएका हुन् । भुटानी राजाको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए । भुटान सरकारले पूर्वराजालाई विशेष स्वागत सत्कार गरेको थियो । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका थिए । भुटानी राजाको राजप्रसादमा हिजो भेटवार्ता भएको हो ।
भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका थिए । त्यस अवसरमा पूर्वराजाकी सुपुत्री प्रेरणा र भतिजी शिताष्माको पनि उपस्थिति थियो ।
चारदिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता

तपाईको बिचार