वीर अस्पतालका श्रमिकहरूलाई रोजगारदाता कम्पनीद्वारा निस्कासन, पुनर्बहाली नगरिए आन्दोलनका कार्यक्रम गर्ने चेतावनी

वीर अस्पतालका श्रमिकहरूलाई रोजगारदाता कम्पनीद्वारा निस्कासन, पुनर्बहाली नगरिए आन्दोलनका कार्यक्रम गर्ने चेतावनी

1135

काठमाडौ ५० बर्ष उमेर पार गरेको भन्दै वीर अस्पतालको विभिन्न सेक्टरमा काम गर्ने ९ जना श्रमिकहरूलाई रोजगारदाता कम्पनीले निस्कासन गरेको छ ।

वीर अस्पतालबाट यसरी निस्कासन भएका श्रमिकहरूमा बसुन्धरा रम्तेल, संगीता श्रेष्ठ , जुनकेरी श्रेष्ठ ,दिलबहादुर परियार, इन्द्र राना, मुना बजगाई, सन्ता नेपाली, चौबहादुर गुरुङ र हिरा नेपाली छन् ।

 विगत लामो समयदेखि वीर अस्पतालको  सरसफाइ देखि बिरामीको सेवामा कार्यरत उनीहरूलाई रोजगारदाता कम्पनी फेरिएसँगै सेवाबाट हटाइएको हो । अस्पतालको ईण्डोस्कोपि वार्डमा लामो समयदेखि काम गर्दै आएकी एक महिलालाई पचास वर्ष उमेर पुगेको भन्दै कामबाट निकालिएपछि सहयोगको याचना गर्दै राजधानी प्रेससँग आइपुगेका छन् ।

जब चाडपर्व आउँछ मानिसका आवश्यकताहरू बढेका हुन्छन् ,तर दशैको संघार पारेर कामबाट निकालिनु पर्दा कसको चित्त दुख्दैन होला र रु चाडपर्व नै नभए पनि गरिरहेको काम छुटेपछि पीडा त हुने नै भयो । यस्तै भएको छ  वीर अस्पतालको विभिन्न सेक्टरमा काम गर्ने १० जना श्रमिकहरुलाई

विगत २ देखि  १५ वर्ष सम्म निरन्तर रुपमा ज्यालादारीमा काम गर्दै आएका उनीहरूलाई मुख्य रोजगारदाताकै निर्देशनमा सेवाबाट बञ्चित गरिएको मजदुर संगठनका नेताहरूको आरोप छ । उनीहरूलाई नयाँ रोजगारदाता कम्पनी इनफोटेचले  कामबाट निकालेको हो । पचास बर्ष उमेर पुगेका कामदारलाई काममा नराख्न अस्पताल प्रशासनले भनेकोले उमेर हद देखाएर कामबाट हटाइएको पीडितहरूले बताएका छन् ।

उमेरकै कारणले कामबाट निष्कासन गर्नुको कारण बुझ्दा पीडितहरू भन्छन् , रोजगारदाता कम्पनी र अस्पताल प्रशासन बीच पचास वर्ष भन्दा माथि उमेरका कामदार नराख्ने सम्झौता भएको थियो भन्ने गरेका छन् रे । विभिन्न रोजगारदाता कम्पनी मार्फत २ देखि १५ वर्ष देखि काम गरिसकेका अनुभवि कामदारलाई प्रशासनको आदेशमा भन्दै दशैंको मुखमा कामबाट बिदा गरिँदा आफूहरू माथि अन्याय भएको अर्का पीडितको भनाइ रहेको छ। पीडितहरुका अनुसार , । इनफोटेक रोजगारदाता कम्पनीले प्रशासनसँग वार्ता गर्ने वातावरण नबनाएको र तपाईंहरुको ठाउँमा अरु नै मान्छे नियुक्ति गरिसकेको छ अब नआउनु भनेर मौखिक जानकारी गराएका थिए।

रोजगारदाता कम्पनीले बीचमा हस्तक्षेप गरेको पीडितहरुको आरोप छ। हामीलाई अस्पताल प्रशासनसँग कुरा गर्न दिएको भए हामीले गरेको योगदान र पाउने अधिकार माग गर्ने थियौं । यो कस्तो नियम हो हामीले बुझेका छैनौ । सरकारी सेवामा ५८ वर्षसम्म काम गर्न पाइन्छ भने यो त हामी प्राइभेट कम्पनी मार्फत काम गरिरहेका हौं । इनफोटेक भन्दा पहिलेको रोजगारदाता कम्पनीमा यो  नियम थिएन,यसमा किन यस्तो भयो हामी अन्योलमा छौ । पीडितहरुले दुखेसो ब्यक्त गरेका छन् ।

यस्तै श्रमिकहरुको पक्षमा वकालक गर्दै आएको नेपाल सुरक्षा ट्रेड युनियनका अध्यक्ष प्रेमबहादुर कार्की र नेपाल स्वतन्त्र  आउटसोर्स श्रमिक संगठनका अध्यक्ष तारादेवि केसीले चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल र श्रमिक आपूर्ति कर्ता कम्पनी इन्फोटेचलाइ आफ्नो ध्यानाकर्षण भएको भन्दै मुख्य रोजगारदाता र सहायक रोजगारदाता संस्थालाई पत्राचार गरेका छन् ।

उनीहरूले टेण्डरको नाममा श्रम कानुन विपरीत हाजिर गर्न बञ्चित श्रमिकलाई कानुन बमोजिम हाजिर गराउन भन्दै उसले भनेको छ, श्रम ऐन २०७४ पालन नगरि कामदार निकाल्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो । टेण्डर अब्हान गरि नियम संगत रोजगार कम्पनिमा काम गरिरहेका श्रमिकलाई मनोमानी नीति बनाएर हटाउने कार्य सच्याएर निष्कासन गरिएका ९ जनालाई पुनर्बहाली नगरिए आन्दोलनका कार्यक्रम अगाडि बढाउनका साथै कानुनी उपचारमा जान बाध्य हुने उल्लेख गरिएको छ।

असोज १५ गतेबाट आएको नयाँ ठेकेदारले पुराना र अनुभवी श्रमिकलाई यसरी चाडपर्वको मौका छोपेर गरिएको व्यवहार निन्दनीय भएको श्रम क्षेत्रको हक अधिकारमा कृयाशिल  संस्था नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका महासचिव वेदप्रसाद हुमागाई बताउँछन् ।

तपाईको बिचार