काठमाण्डौं । लोक गायक नवीन पौडेलको पछिल्लो गीत “ओइ सरकार ओइ देशका युबा खोइ ? ” चर्चामा छ । जनताका पीडा गाउने, जनताका पिरमर्का पिर ब्यथाका गीत गाउने, ब्यथिती बिसंगती एबम चेतनामूलक र यथार्थपरक गीत गाउने गायक नवीन पौडेलले गीत मार्फत राज्य सन्चालक, सरकार अनि नेताहरूलाइ भन्दैछन “ओइ सरकार ओइ देशका युबा खोइ ? ” भनेर प्रश्न गरेका छन् ।
बर्ष मै तीन तीन चोटि सरकार परिबर्तनको खेलमा नेताहरु लागिरहेका छन तर जनताको रोग भोक र शोक संग कुरै वास्ता छैन, जनता मरेका छन कि ज्युँदा छन सरकार र नेताहरुलाइ केही मतलब छैन, सधै कुर्सी तानातान मै ब्यस्त छन। अझ भनौँ नेता र नेतृत्वहरु बेलगाम जनता माथी शासन गरिरहेका छन।
बर्शैपिच्छे अर्बौँ लगानी छ तर शिक्षा राम्रो छैन, अर्बौं खर्बौँ लगानी छ तर बाटोघाटो छैन। देशमा छत केबल भ्रस्टाचार, ब्यथिती बिसंगती ब्याप्त छ। राज्य सन्चालकहरुको बोलिको ठेगान छैन। जनतालाइ गाँस बास कपास छैन तर नेताहरुले पजेरो प्राडो गाडी चढेर मोजमस्ती गरिरहेका छन। उनैको सुरक्षामा करोडौँ खर्च गरिरहेका छन। गीत मार्फत यिनै बिशयको उठान गरिरहेका छन गायक पौडेलले। त्यसो त गायक पौडेल भ्रस्टाचार बिरोधी अभियान्ता समेत हुन।
इन्देणी कार्यक्रमा उनले गायको कुशासन बिरुद्दको गीत साच्चिकै यथार्थपरक अनि चेतनामूलक छ। उनको गीतमा तातो रगत भएका युबा विभिन्न बहानामा आफ्नो जन्मभुमि छोड्न बाध्य भैरहेको कुरालाइ पौडेलले ब्याङ्यात्मक पाराले गीतमा उतारेका छन।
विभिन्न बक्यौताहरुलाइ उठाएर राज्यको ढुकुटी भर्नु पर्नेमा राज्य सन्चालकले त्यस्ता माफियाहरुलाइ छुट दिइरहेका छन। जनता हिड्ने बाटो छैन तर नेतृत्वमा बसेकाहरु बाटो खाली गर्न लगायर सुरक्षित बनेर हिडिरहेका छन, शिक्षामा अर्बौँ लगानी छ तर एस इ इ मा चौन्न पर्सेन्ट फेल भैरहेको कुरालाइ समेत पौडेलले गीतमा उतारि इन्द्रेणीमा लाइभ गायका छन। यिनै बिशयबस्तुको गीत उनले अफिसियल रुपमा बजारमा ल्याउदैछन।
तपाईको बिचार