धरावासी र तिवारीको अर्धकट्टी’ र ‘९६ गड्डी’ कृति सार्वजनिक

धरावासी र तिवारीको अर्धकट्टी’ र ‘९६ गड्डी’ कृति सार्वजनिक

873

काठमाडौं । लेखकद्वय कृष्ण धरावासी र प्रकाश तिवारीको दुईबटा कृति सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा धारावासीको अर्धकट्टी र तिवारीको उपन्यास ९६ गड्डी सार्वजनिक भएको हो ।

पैरवी प्रकाशनले प्रकाशन गरेको पुस्तक साहित्यकार वैरागी काइँला ,वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र पूर्वप्रध्यान्यायधिश गोपाल पराजुलीलले दुवै कृतिको विमोचन गरेका थिए ।

लेखक धरावासीले आफ्ना जीवनका विभिन्न आयामहरूबारे यसअघिको आधा बाटो र पाण्डुलिपिमा रहेको भन्दै अर्धकट्टी त्यसैको निरन्तरता रहेको बताए । उनले आफ्नो जीवनमा जोडिएका विभिन्न मान्छे घटनाकाबारे कृतिमा उल्लेख गरेको बताए।

त्यसैगरी तिवारीले आफ्नो पुस्तकमा नेपालमा भइरहेको कर्मचारीतन्त्रभित्र हुने भ्रष्ट्राचार विषयले उल्लेख गरेको बताए । ’४६ सालदेखिबाट उपन्यासको कथा सुरू हुन्छ। एउटा व्यक्तिले कसरी धनको लालचमा आफूलाई भ्रष्ट बनाउँछ भन्ने कुरा पुस्तकमा उल्लेख गरेको छु’, उनले भने ।

दुवै पुस्तकबारे बोल्दै लेखक अमर न्यौपानेले यी कृतीले नेपाली साहित्यमा थप महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विमोचन कार्यक्रममा विभिन्न तह र तप्कामा बसेर अनवरत काम गरिरहेका साहित्यकार, पत्रकार, न्यायाधीशहरू र कानुन व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

तपाईको बिचार