आज विश्व अहिंसा दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो

आज विश्व अहिंसा दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो

969

काठमाडौं । आज अक्टोबर २ विश्व अहिंसा दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइयो । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

गान्धी जयन्ती तथा विश्व अहिंसा दिवसका अवसरमा बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासले विशेष कार्यक्रम गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दूतावास परिसरमा रहेको महात्मा गान्धीको शालीकमा माल्याaर्पण गरेका छन् । उनले त्यसक्रममा महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्म दिनलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर २ का दिन यो दिवस मनाइन्छ ।

अहिंसा दिवस मनाउनेसम्बन्धी १५ जून २००७ मा महासभाद्वारा पारित सङ्कल्प प्रस्तावमा ‘शिक्षाको माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गर्नुपर्छ ।

अहिंसाको सिद्धान्त सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ ।’ भनिएको छ । महासभामा भारतद्वारा प्रस्तुत प्रस्तावलाई नेपाललगायत विश्वका १४० मुलुकले समर्थन गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर