काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले सर्वोच्च अनलाइन न्युज पोर्टल सीधा कुराका पत्रकार तथा प्रकाशकलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ ।
संगठनका अध्यक्ष विश्वमणि सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त न्युज पोर्टलका कार्यकारी सम्पादक नवीन ढुङ्गाना, प्रकाशक युवराज कँडेल एवं र सूचनादाता राजकुमार तिमिल्सिनालाई कैद सजाय तोकेको विषयमा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सजाय पुनरावलोकनको माग गरेका हुन् ।
तपाईको बिचार