काठमाडौँ । बाढीपहिरोका कारण धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले बससँँगै पुरिएका १४ जनाको शव निकालिएको छ।
लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए।
तपाईको बिचार