बारा । नेकपा ( एकीकृत समाजवादी ) जिल्ला कमिटी बाराको पदाधिकारीको ५२ औं बैठक सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष विजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा जिल्ला कार्यालयमा सम्पन्न भएको बैठकले दशौं राष्ट्रिय महाधिवेशन पछिका अन्तर पार्टी निर्देशन (अपानी) १, २ र ३ मा निर्देशित विषयहरूलाई कार्यन्वयन गर्ने निर्णय गरेको छ ।
बैठकले दशौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरू लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
बैठकमा प्रमुख अतिथि पार्टीका पोलिटब्युरो सदस्य दिनेश कुमार राई, अतिथिहरू केन्द्रीय सदस्य हिमालचन्द्र खरेल, मालती देवी कोईरी, निवर्तमान केन्द्रीय सदस्यहरू छविलाल उप्रेती, श्रीप्रसाद पासवान, निवर्तमान निर्वाचन आयोग सदस्य वतहु यादव, सुरेन्द्र यादव, निवर्तमान वन वातावरण विभाग सदस्य रामचन्द्र प्यासी लगायतका नेताहरूको सहभागिता थियो । पदाधिकारी बैठकले आगामी कार्ययोजना आगामी सचिवालयको बैठकबाट तय गर्ने निर्णय गरेको छ ।
तपाईको बिचार