प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

759

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए । जिल्ला अदालत काठमाडौंले आइतबार नै उनीमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा जाहेरी दिएपछि प्रहरीले प्रसाईंलाई आइतबार पक्राउ गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर