काठमाडौं । श्रीलङ्कामा शनिबार भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् ।
शनिवार भएको चुनावमा दिसानायकेले ५३ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । तर औपचारिक ढंगले उनलाई विजयी भएको घोषणा भने गर्न बाँकी छ ।
सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले अव श्रीलङ्काको बागडोर हाँक्ने भएका हुन् । १ करोड ७० लाख मतदातामा ७५ प्रतिशतले मतदान गरेको उल्लेख छ ।
दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ । दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् ।
पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल एक प्रतिशत मत पाएका छन् ।
श्रीलंकामा गोटबाय राजपाक्षे नेतृत्वको सरकारको पतनपछि पहिलोपटक राष्ट्रपतीय चुनाव भएको हो ।
तपाईको बिचार