सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

833

काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन आज सार्वजनिक भएको छ । प्रतिनिधिसभामा पेश भएको छानबिन समितिको प्रतिवेदन संसद सचिवालयको वेबसाइटमा सार्वजनिक गरिएको छ । 

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।

सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम ल्याउन रवि लामिछानेको भूमिका नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ मा चार जनालाई कारबाही गर्न सिफारिस गरेको उल्लेख छ ।

Sahakari Chhanbin samiti-pratibeshan Final

तपाईको बिचार

सम्बन्धित खबर