काठमाण्डौं । देवेन्द गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले पुरस्कारबापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीको उपचारका लागि दिएका छन् ।
बुधवार भक्तपुरको भादगाउँमा वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको दोस्रो स्मृति दिवसको अवसरमा यो पुरस्कारका प्रदान गरिने भएको हो।
स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको सो पत्रकारिता पुरस्कार यस वर्ष शम्भु श्रेष्ठलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा एक लाख पुरस्कार राशिबाट सम्मानित भएका श्रेष्ठले सो रकम इटहरीका पत्रकार दियालीको मिर्गौलाको उपचारका लागि दिने घोषणा गरे ।
करेन्ट पब्लिकेशन प्रालिका प्रबन्ध निर्देशक किरण गौतमले पनि थप ५० हजार रकम दियालीको उपचारका दिने घोषणा गरेका थिए ।
तपाईको बिचार