राजेन्द्र कुँवर
पायलका अनन्ते गया भडतोला भात खाया ।
प्रदेश नजानु भाइयौ साराइ दुख पाया।।
माथिका देउडा गितका हरफ मंगलसैन नगरपालिका कालागाउँ निवासी लोक देउडा गायक एंब सर्जक नरबहादुर भण्डारीले निकै मार्मिक लयमा गाउनु भएको हो ।
तत्कालीन समयमा पायलको अनन्ते (मेला ) राम हेर्न आउने रम्चेरुलाइ स्थानीय बासीले आफ्नो घरमा लिएर जाने मिठो मीठो अछामी परिकार ( फाणो भात ) खान दिएर सत्कार गर्ने निकै असल परम्परा थियो । अनन्ते मेलाको दिन सबै भन्दा पाहुना बढी कसको घरमा हुन्छन भनेर निकै चियो चर्चो हुने गर्थ्यो हाम्रो बुवा बाजेको पालोमा ।आज आधुनिकताको नाममा गाउँ बस्तीमा त्यो परम्परा ध्वस्त भएको छ ।
पृय अनन्ते ,कुशल छु कुशलताको कामना गर्द्छु, अनि कालतौसी देउताको अनुकम्पा आशीर्वादले हामी सबैलाई राम्रै छ । विगत केही वर्ष यता देखि पृय अनन्ते तिम्रो समिपमा आउन पाएको छैन त्यसका लागि बाउन्न भाइ काले अनि तपाई र हामीलाई सम्झेर चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलको पबित्र तथा पुण्यभुमि नागातोलाको परिसर झाडबजारमा आइ पुग्नु हुने सबै इष्ट मित्र ,अग्रज र अनुजलाइ बिनम्रता पुर्बक क्षमा माग्छु।
परापुर्बकाल देखि हाम्रा पुर्खाहरुले उपत्यका लगाएत देशका विभिन्न भुभागमा इन्द्र जात्रा पर्व मनाउने गरे पनि सोही पूर्णिमाको दिन पायलको पुण्यभुमी झाडबजारमा अनन्ते मेला लगाएर कालतौसी देउताको पुजा आरधना गर्नका साथै धामीझाँक्री नाच्ने अनि सबै दर्शनका लागि पुगेका भक्तजनको मनको चिताएको पुगोस् भनेर आशीर्वाद दिने गर्थे ।
तीन दिन सम्म विभिन्न धार्मिक कार्यका साथ मठ मन्दिर देबस्थलिमा आफ्ना आन्तरिक भक्तजनका लागि दुई दिन धुमधाम संग मनाउने अनन्ते मेलाको अन्तिममा पूर्णिमाको दिन सबैका लागि खुला गरेर नगातोलाको देबस्थली पुण्यभूमिमा धामीझाँक्री नाचेर सबैलाई आशीर्वाद दिँदै रोग ब्याधी भुत पिचासको रबाफ र प्रभावलाई कम गर्न निकै ठुलो मद्दत गरेको किम्बदन्ती रहदै आएको छ । यस्तो पवित्र दिन पनि आफ्नो गाउँ घरमा आउन पाएन पृय अनन्ते मलाई क्षमा गर्नु होला ।
चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलको निस्वार्थ भावना बोकेर सामाजिक क्षेत्रमा काम गर्न थाले ऎतिहासिक महत्त्व बोकेको अनन्ते मेलामा हाम्रो पुस्ता बिधालयमा पढी रहदा स्काउटको परेड खेल्ने अनि नाचगान गरेर मेलालाइ थप आकर्षक बनाउने काम हुन्थ्यो यस्तो पवित्र कार्यमा बैजनाथ माद्यामिक बिधालयका तत्कालीन शिक्षक आदरणीय गुरु,दाजु दलबहादुर कुँवर र पछिल्लो समयमा आदरणीय गुरु दाजु दिनेशबहादुर कुवरले राम्रोसँग नेतृत्व गरेर ब्यबस्थापन गर्नु हुन्थ्यो रे पो पृय अनन्ते तिमी आकर्षक र थप रमाइलो हुन्थ्यौ अहिले आएर आधुनिकताको नाममा त्यो काम ठ्प्प भएको छ ।
बैजनाथ माध्यमिक बिधालयको आर्थिक श्रोतका रूपमा पनि पृय अनन्ते तिमी थियौ ,पछिल्लो समयमा तिमी जस्तो शक्तिशाली देउताको भेटी चोरेर आफ्नो पेट पाल्नेहरुको बिगबिगी हुन थाले पछि सरस्वतीको मुर्ति चोर्न उनिहरुलाइ कुनै अप्ठ्यारो भएन आम्दानी भन्दा खर्च बढी हुन थाले पछि पृय अनन्ते आफ्नो संस्कृति झलकका काम सबै रोकेको हुनु पर्छ ,भेटी र मुर्ति चोरको बिगबिगी भए पछि निस्वार्थ भावनाले काम गर्नेहरु बिस्तारै पाखा लाग्न थाले अनि पृय अनन्ते यसपटक तिम्रो समीपमा आउन पाइन क्षमा माग्छौ ।
परापुर्बकालमा कालतौसी देउतालाई निकै ठुलो शक्तिशाली पिठ मानेर अछाम जिल्लाभर बाट मात्रै होईन छिमेकी जिल्ला डोटि र बाजुरा बाट भक्तजनको निकै नै ठुलो घुइँचो हुने गर्थ्यो सशस्त्र द्वन्द्व पछि ( राम ) मेला चाडपर्वमा कमि आएर पुराना असल संस्कार परम्परा चाडपर्व रितिरिवाज नै लोप भयो पृय अनन्ते त्यस बाट तिमी पनि अछुतो रहन सकेनौ ।
दोस्रो जन आन्दोलन पछि आफू संचारकर्ममा लागे पनि पौराणिक महत्त्वका रूपमा हेरिने पायलको अनन्तेलाइ धार्मिक तथा संस्कृतिक पर्यटनको रूपमा अगाडि बढाउनु पर्छ भनेर अनन्ते संस्कृतिक मेला भनेर सुरुवात गरेर स्थानीय कलाकारलाई आमन्त्रण गर्ने त्यसले गर्दा जिल्लाका विभिन्न गाउँ पालिका नगरपालिका बाट पायलमा मानिसको आगमन बढ्न थाले पछि आन्तरिक पर्यटनको प्रबर्द्धन हुने व्यावसायिकरूपमा फाइदा हुने बिशुद्ध सामाजिक कार्यको पाटोको रूपमा अगाडि बढाएको कामलाइ समेत निरंन्तरता दिन नसकेको खबरले मन कुडिएको छ त्यसैले पृय अनन्ते यस पाली तिम्रो समिपमा आउन सकिएन क्षमा गर्नु होला ।
रोजगारीको लागि नेपाल भन्दा बाहिर रहेका धेरै दाजुभाइ दिदिबहिनी अनन्ते मेलाको अवसर पारेर गाउँ घरमा फर्किनु साथै बालसाखा संग भेट गरेर निकै सुख दुखका कुरा गरेर रमाइलो गर्थे विगत केही वर्ष देखि यता गाउँमा फर्किनेको संख्यामा निकै कमि आएको छ पायलको अनन्ते मेलामा जाउ भनेर प्रभावित पार्नका लागि कसरी अगाडि वढ्न सकिएला भनेर स्थानीय पालिका वडाको पर्यटन प्रबर्द्धनको क्षेत्रमा अहिलेसम्म कुनै ठोस योजना नभएको प्रष्ट छ ।
साच्चिकै धार्मिक तथा संस्कृतिक पर्यटनको प्रबर्द्धन गरेर स्थानीय कला साहित्यको संरक्षण मार्फत गाउको बिकास गर्न सकिन्छ भन्ने भावनाले ओतप्रोत भएको योजनाबद्ध कामलाइ अगाडि बढाउन सक्ने दृढ संकल्प सहित योजनाको जरुरी छ ।
तपाईको बिचार