काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधबकुमारनेपालले सत्य, तथ्य र निश्पक्ष रुपमा पत्रकारहरुले सूचना संप्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गर्र्दै ।उनले भने गलत कुरालाई भन्दा सकारात्मक कुरालाई बढी प्रोत्साहन गर्नुपर्छ। नाफा कमाउने मात्र मिडियाको धर्म होइन। समाजको हितमा समर्पित हुुनुपर्छ। मैले भन्नुपर्छ जस्तो त लाग्दैन, तर गलत कुराहरुको पक्ष पोषण गने काम मिडियाहरुबाट हुनुु हुँदैन।
पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष उपस्थितिमा अकोराबका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्नुका साथै सफल कार्यकालको शुभुकामना दिएको हो।
पार्टीका उपमहासचिव रामकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य दामोदर अर्याल, अशेष घिमिरे, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुुवेदी, उपाध्यक्ष अस्मिता गिरी, महासचिव रामकुमार एलन, उपमहासचिव प्रतिज्ञा बुढा मगर, सचिव अनिल शाहीलगायतको उपस्थिति रहेको थियो।
तपाईको बिचार