गुणस्तरीय शिक्षामा समान अवसरको सुनिश्चितता गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

गुणस्तरीय शिक्षामा समान अवसरको सुनिश्चितता गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

833

काठमाण्डौ । आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग,क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

शिक्षा दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवम् अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

‘ शिक्षा क्षेत्रका लागि बजेट बढाउँदै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गत वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता , साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ यो वर्ष हप्ताभरि देशैभर शिक्षा दिवस मनाउन लागिएको हो ।

 

 

तपाईको बिचार