विभेदकारी शिक्षा प्रणालीको विरूद्ध संघर्ष आवश्यक छ: सुदेश पराजुली

विभेदकारी शिक्षा प्रणालीको विरूद्ध संघर्ष आवश्यक छ: सुदेश पराजुली

296

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले नेपालको शिक्षा क्षेत्र पूँजीवादले आक्रान्त बनाएको दाबी गरेका छन् ।

अनेरास्ववियू कान्तिपुर सिटी कलेजको १२औँ सम्मेलनलाई सम्बोधन गर्दै अनेरास्ववियूका पूर्व अध्यक्ष समेत रहेका नेता पराजुलीले उक्त दाबी गरेका हुन् । सम्मेलनका प्रमुख अतिथिसमेत रहेका पराजुलीले अगाडि भने ,‘नेपालको शिक्षा क्षेत्र पूँजीवादबाट ग्रसित छ। नेपाली शिक्षालयहरू पूँजीवादले आक्रान्त भएका छन्।

उनले अगाडि भने, ‘शिक्षा नाफा र घाटाको व्यापार भईरहेको छ। धनिको लागि एउटा र गरिबका लागि अर्को विभेदकारी शिक्षा प्रणालीका विरूद्व अबको संघर्ष गर्नु जरुरी छ।’

तपाईको बिचार

सम्बन्धित खबर