प्रधानमन्त्रीको माओवादीप्रति प्रश्न- पाँचथरमा दुई बालबालिकाको निधन बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ?

प्रधानमन्त्रीको माओवादीप्रति प्रश्न- पाँचथरमा दुई बालबालिकाको निधन बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ?

805

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा बम विस्फोटबाट मृत्यु भएका बालबालिकाको विषयलाई लिएर माओवादीमाथि प्रश्न गरेका छन् ।

८९ औं राष्ट्रसंघीय महासभामा जाने विषयको जानकारीसहित सोमबार प्रतिनिधिसभामा गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले माओवादीमाथि प्रश्न गर्दै भने “पाँचथरमा दुई बालबालिकको निधन भयो । बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ? ,यहाँ अन्यौल भइरहेको छ ” , “अहिले निधन भयो मात्र भनौँ अरु पछि भनौँला । बम विस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो ?” उनको माओवादीप्रति प्रश्न थियो ।

उनले माओवादीले सशस्त्र युद्धलाई हिंसा भनेको स्वीकार नगरेको विषयलाई लिएर अहिले पनि त्यकोे प्रभाव कायम रहेको विषय लक्षित गर्दै फरक शैलीको प्रयोग गरेका थिए। “तर, बम विस्फोटबाट निधन भयो । एका घरका २ बालबालिकाको मृत्यु भयो सो घटनामा २ बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै उनले मृतकपरिवारलाई पाँच-पाँच लाख बराबरको क्षतिपूर्ति दिने साथै घाइते २ जना बालबालिकाको उपचारको जिम्मा पनि सरकारले लिने निर्णय गरेको बताए ।

यही भदौ १३ गते पाँचथरको फलेलुङ गाउँपालिका-५ प्रङबुङस्थित डाँडागाउँमा आइतराज केरुङको घरको आँगनमा विस्फोटक पदार्थ (ह्यान्डमेड सकेट बम) पड्किँदा दुईजना बालबालिकाको मृत्यु भएको थियो । ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा भएको विस्फोटमा ज्ञानबहादुरका छिमेकी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो । उनीहरु दाजु बहिनी हुन् ।

विस्फोटमा परी स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र दिपक राईका छोरा दिप्सन घाइते छन् । उनीहरुको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । पाँचथरको फालेलुङगाउँपालिकाले घाइतेको यातायात खर्च व्यवस्थापन गरी काठमाण्डौमा उपचारमा पठाएको लामो समय सम्म पनि उपचार प्रारम्भ नभएपछि आम संचार क्षेत्रले घाइते बालबालिकाको उपचारमा सरकारको हेलचेक्याँई भन्ने समाचार प्रकाशन प्रशारण भएपछि स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भने उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विभिन्न समाचार माध्याममा सार्बजनिक भएको छ । उक्त घटनाको गम्भिर अनुसन्धान गर्नुपर्ने माग संसद्मा एमालेका मुख्य सचेतक महेश वर्तौलाले यस अघि नै उठाएका थिए । सशष्त्र द्धन्द्धकै समयमा बिछ्याइएका बमहरु, छोडिएका बमहरु, फ्याँकिएका बमहरु नै अहिले आएर विष्फोट भयो।

यदि त्यसो हो भने यो घटनाप्रति जवाफदेही को हुनुपर्ने हो ? कसले जिम्मा लिनुपर्ने हो ? सामान्य तया राज्य पक्षबाट यस प्रकारको बेवारिस बमहरु छोडेर हिँडने हामी देख्दैनौं, सुन्दैनौं। त्यतिबेलाका द्धन्द्धको एउटा पक्षबाट यस प्रकारका बेवारिसे बमहरु विभिन्न ठाउँमा छोडिएको हो भने सम्बन्धित पक्षले यसको बारेमा जिम्मेवारी लिनुपर्ने धारणा बर्तौलाले संसद्मा राखेका थिए । पाँचथरमा यस अघि पनि विभिन्न स्थानमा यस्ता खाले विस्फोटका घटना भएका थिए ।

तपाईको बिचार