एकीकृत समाजवादी कोशी प्रदेश सन्देश सभा गाइघाटमा ५ सय वढी नेता कार्यकर्ता पार्टी प्रवेश

एकीकृत समाजवादी कोशी प्रदेश सन्देश सभा गाइघाटमा ५ सय वढी नेता कार्यकर्ता पार्टी प्रवेश

919

काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) कोशी प्रदेशको सन्देश सभा उदयपुरको  गाइघाटमा सम्पन्न भएको छ। उदयपुर जिल्ला कमिटीका पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा १० औँ महाधिवेशनपछि पहिलो सन्देश सभा उदयपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले, नेपाली कांग्रेस, जसपा, माओवादी र स्वतन्त्र नागरिकहरु समेत गरी ५ सय ४६ जना  नेता कार्यकर्ताले एकीकृत समाजवादी प्रवेश गरेको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरी, लगायतका नेताहरूले नव प्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।  

कार्यक्रममा अध्यक्ष नेपालसहित वरिष्ठ नेता नेता  बस्नेत, उपाध्यक्ष  राइ, खतिवडा, उप महासचिव  राजेन्द्र राइ, सचिव  चौधरी पोलिटब्युरो र केन्द्रीय स्दस्य्हरुको ठुलो सङ्ख्याको उपस्थिति रहेको थियो। उदयपुरमा आज असोज २९ गते कोशी प्रदेशबाट चुनिएका केन्द्रीय सदस्यहरूको भेला आयोजना गरिएको छ। भेलाले प्रदेशको पार्टी रणनीतिक विषयहरूमा छलफल गरी महत्वपूर्ण योजनाहरूमा ध्यान केन्द्रीत गर्नेछ।

पार्टीमा कार्यविभाजन भैनसकेकाले अस्थायी रुपमा कोशीको इन्चार्जको रुपमा जगन्नाथ खतिवडालाई जिम्मेवारी प्रदान गरेको छ ।
सन्देश सभाको अध्यक्षता जिल्ला अधक्ष बिनोद खड्का र सञ्चालन  सचिन पशुपति कुमारी चौधरीले गरेका थिए ।  २ हजार बढीको सहभागिता रहेको  
थियो।

तपाईको बिचार