काठमाडौं । पाँचथरको फालेलुङमा भएको विस्फोटनमा परि मृत्यु भएकाहरुको परिवारलाई ५ लाख र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । विस्फोटमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो । विस्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।
तपाईको बिचार