केकको टुक्रासँगै साटीयो संवैधानिक निकाय

केकको टुक्रासँगै साटीयो संवैधानिक निकाय

831

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षले संवैधानिक निकायसहित रिक्त विभिन्न पदमा भागबण्डा गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मदिनको अवसर पारेर बोलाईएको भेलाले रिक्त संवैधानिक निकाय सहित रिक्त विभिन्न पदमा भागबण्डा गरेका हुन् ।

सत्ता र प्रमुख प्रतिपक्षका शीर्ष नेताहरुको कांग्रेसका सभापति देउवाको जन्मदिनको अवसरमा बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केकको टुक्रासँगै संवैधानिक निकायको भागबण्डा गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना दिने उदेश्यले बोलाईएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागि थिए ।

तपाईको बिचार

सम्बन्धित खबर