यस्ता छन् प्रगतिशील समूहले उठान गरेका इन्जिनियरिङ् क्षेत्रका प्रमुख एजेण्डा-भन्छन् जित सुनिश्चित छ  

यस्ता छन् प्रगतिशील समूहले उठान गरेका इन्जिनियरिङ् क्षेत्रका प्रमुख एजेण्डा-भन्छन् जित सुनिश्चित छ  

1115

काठमाडौँ ।
इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसन नेपाल ३४ औं निर्वाचनको संघारमा छ । विभिन्न ६ वटा समूह निर्वाचनमा होमिएका छन् ।

यसै अन्तर्गत नेपाल इन्जिनियर्स एसोसिएसन प्रगतिशील समूह ले ई. प्रा. डा. विष्णुप्रसाद पाण्डेको नेतृत्वमा समुह तयार गरेको छ ।
जापानबाट जलस्रोतमा विद्यावारिधि तथा पोष्ट डक्टोरल उपाधि हासिल गरेका पाण्डे हाल इन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोकमा प्राध्यापकको रुपमा कार्यरत पाण्डेको समुहका उपाध्यक्षमा इ. सुमन योगेश, महासचिव इ.डा. लक्ष्मणप्रसाद घिमिरे, उपमहसचिव इ. कृष्णबहादुर पाण्डे, कोषाध्यक्ष इ. विन्दु पौडेल, सहकोषाध्यक्ष इ. राजेन्द्र गौतम छन्

यस्तै सदस्यहरू इ. धर्म महर्जन, इ.निरन काफ्ले, इ.हर्ज उमिन तुम्रोक लिम्बू, इ.सूर्यप्रसाद कडरीया, इ.पवन रावल, इ.रमेश पौड्याल, ई.राधा ढकाल छन् । यस्तै इ. मनिश सुवेदी, इ.एलिसा गौतम, इ.नारायण प्रसाद रेग्मी, इ.स्वाभिमान आचार्य र इ. नितेशकुमार यादव रहेका छन् ।

इन्जिनियरहरूको हकहितको संरक्षणका विषयमा उक्त समुहले आफ्ना ३४ सूत्रीय घोषणा पत्र सहितको साझा प्रतिबद्धता सार्वजनिक गरेको छ ।  “ज्ञान नै शक्ति, श्रम नै भक्ति” भन्ने मूल नाराका साथ नेपालको सर्वाङ्गीण विकासको क्रममा देशका इन्जिनियर समुदायको भूमिका सुव्यवस्थित र प्रभावकारी बनाउनु पर्ने भन्दै  इन्जिनियरहरूको व्यथा अरुलाई के था ? पाण्डेले बताए ।

उनीहरूले एसोसिएसनको सदस्यताको गुणस्तरीयता र गरिमालाई वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन्  सोको लागि ने.इ.ए.मा नीतिगत हस्तक्षेप गर्न सक्ने, प्राज्ञिक र अन्तर्राष्ट्रिय अनुभव भएका नेतृत्वको खाँचो रहेको भन्दै एसोसिएसनलाई पेशागत संगठन बनाउन यो क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यभारहरू रहेको उल्लेख गर्र्र्दै आफ्नो जित सुनिश्चित रहेको जनाएको छ ।

उक्त समुहले निम्न सवालहरू आफ्नो समुह मार्फत उठान गरेको छ  ।

क. आम इन्जिनियर आर्किटेक्टहरूको हकहित संरक्षण र सेवा-सुविधा प्रबर्द्धन
ख. रोजगार तथा पेशागत क्षमता अभिवृद्धि
ग. इन्जिनियरिङ् शिक्षा नेपालमै
घ . नीतिगत सुधार
ङ. ने.इ.ए.को सदस्यता वृद्धि र यसको गुणस्तरीयता अभिवृद्धि
च. सहकार्य एवम् समन्वय
छ. संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध र
ज. सम्मान तथा उत्प्रेरणा

यी विषयहरू सम्पूर्ण पेशागत इन्जिनियरिङ् समुदायको साझा मुद्दा रहेको उक्त समुहले जनाएको छ ।

एसोसिएसनले समग्र इन्जिनियरिङ् पेशामा आबद्ध श्रमजीविहरूको पेशागत हकहित सहित सरकारी सेवा क्षेत्रमा इन्जिनियरहरूको प्रवेश र त्यहाँ हुने विभेदका विषयमा सरकारले नीतिगत सुधार गर्दै त्यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ । उक्त समुहले इन्जिनियरहरूको हकअधिकार, स्वास्थ्य उपचारको सेवा, गुणस्तरीय इन्जिनियरिङ् शिक्षा, वृत्ति विकास, समान सेवा सुविधालगायतका विषयहरूमा सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

 नेपालको सन्दर्भमा इञ्जिनियरहरूले पाउने तलब तथा सुविधा अरु क्षेत्रको तुलनामा निकै कम रहेकाले चाँडोभन्दा चाँडो यसको व्यवस्थापन गर्नुपर्ने माग इञ्जिनियरहरूले राखेका छन् ।  ‘स्नातक तहको डिग्री हासिल गरेका इञ्जिनियर तथा आर्किटेक्टहरूलाई कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराइन्छ,’ पाण्डेले भने, ‘यस्तो विभेदपूर्ण नीति र प्रक्रियाप्रति हाम्रो घोर असहमति छ र सबै निकायहरूमा कम्तीमा सातौँ तहलाई नै प्रवेश तह बनाउनु पर्छ ।’  यसै क्रममा उनले आफू आसन्न निर्वाचनमा विजयी भएमा त्यसका लागि आफ्नो पहिलो पहल हुने उनले बताए ।

दक्ष र कर्मशील इन्‍जिनियरहरुको संख्या वृद्धि हुँदै गइरहेको आजको प्रतिष्पर्धात्मक युगमा संस्थामा आबद्ध इन्जिनियररआर्किटेक्टहरुको संख्या निरन्तर वृद्धि गरी एशोसियसनलाई बलियो बनाउनुपर्ने आम इन्जिनियरिङ् समुदायको मान्यता रहेको छ । त्यस्तो रुपान्तरणकारी भूमिका खेल्नका लागि एशोसियनका अनुभव र अठोट तथा पौरख र प्रतिबद्धता भएको नेतृत्वको आवश्यकता अपरिहार्य रहेको छ उनले भने ।
इन्जिनियरिङ् शिक्षा, इन्जिनियरहरूको सेवा, सुविधा तथा क्षमता अभिवृद्धि, इन्जिनियरहरूको सम्मानजनक रोजगारी एवं नवप्रवर्तन प्रवर्धन, इन्जिनियरिङ् सम्बद्ध निजी क्षेत्रको विकास, इन्जिनियरहरूको हक-हितको संरक्षण, इन्जिनियरिङ् पेशा र समाजबीच मर्यादित सम्बन्ध मुख्य चासोको विषय हो ।
यस्ता बृहत्तर उद्देश्यहरूमा अन्तरनिहित रही देशको आर्थिक, भौतिक तथा पूर्वाधार विकासमा टेवा पुर्‍याउन क्रियाशील इन्जिनियरिङ् समुदायको खाँचो रहेको छ । विकास र समृद्धिको माध्यमबाट तीव्र आर्थिक विकासको चाहनालाई पूरा गर्नका लागि सम्पूर्ण इन्जिनियर आर्किटेक्टहरूको पेशागत मर्यादा र विश्वासलाई उच्च राख्न सक्नु नै आजको आवश्यकता भएको उनको तर्क छ ।

नेपाल इन्जिनियरिङ परिषद्मा दर्तामध्ये ५३ प्रतिशतले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध हुन चाहेनन् । यी सदस्यमध्ये आजीवन तथा फेलो घटाएर रहेका मतदाता हिसाब गर्दा ६७.५ प्रतिशतले आवद्ध हुन नचाहेको देखिन्छ । झण्डै ६२ वर्षअघि स्थापित नेपाल इन्जिनियर्स एशोसिएसनको कार्यकारिणी समितिको निर्वाचन नजिकिंदै गर्दा इन्जिनियरिङ् क्षेत्रसँग सम्बन्धित विभिन्न सवाल बहसमा आइरहेका छन् एशोसिएसनको विधान बमोजिम केन्द्रमा १८ जना र प्रत्येक प्रदेशमा १६ जनाका दरले ९जसमा एक जना केन्द्रीय समिति सदस्य समेत समावेश छन्० ७ वटै प्रदेशका लागि ११२ गरी कुल १३० पदाधिकारी एवं सदस्य प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था रहेको छ ।

नेपाल इञ्जिनियरिङ्ग काउन्सिलको तथ्यांक अनुसार हालसम्म इन्जिनियरिङ्गका कुल ५५ विधामध्ये विभिन्न ४४ विधाका झण्डै ८५ हजार इञ्जिनियरहरू काउन्सिलमा दर्ता भइसकेका छन् । हालसम्म काउन्सिलमा आबद्ध भएका कुल ५५ वटा इन्जिनियरिङ् कलेजहरूमा वार्षिक भर्ना क्षमता १२ हजार जति छ भने वार्षिक ४ हजार भन्दा बढी इञ्जिनियरहरू उत्पादन भइरहेका छन् ।

प्रगतिशील समूहको टीम संयोजन, अनुभव, योग्यता, क्षमता, ऊर्जा तथा इन्जिनियरिङ् क्षेत्रमा गरेको योगदान नै जितका सशक्त आधारहरु रहेको उक्त समूहले दावि गरेको छ  ।

यस्ता छन् प्रगतिशील समूहले उठान गरेका इन्जिनियरिङ् क्षेत्रका प्रमुख एजेण्डा – 

तपाईको बिचार

सम्बन्धित खबर