एकीकृत समाजवादीका नवनिर्वाचित नेतालाई कास्की जिल्ला कमिटीले गर्यो सम्मान

एकीकृत समाजवादीका नवनिर्वाचित नेतालाई कास्की जिल्ला कमिटीले गर्यो सम्मान

705

काठमाडौँ । नेकपा .(एकीकृत समाजवादी) जिल्ला कमिटी कास्कीले दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरूलाई बधाई दिएको छ ।

मंगलबार कास्कीको पोखरा स्थित पार्टी कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर पार्टीका केन्द्रीय सचिव श्रीनाथ बराल, पोलिटब्यूरो सदस्यद्वय धनराज आचार्य र दिल कुमारी पन्त, केन्द्रीय सदस्य तुलबहादुर गुरूङ, कृष्ण बहादुर नेपाली, रत्ना कुमारी गुरूङ, सिता पौडेल र शर्मिला पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।

पार्टीका नवनिर्वाचित केन्द्रीय सचिव बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य लेखनाथ शर्मा पोखरेलले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यलाई सम्मान गरेका थिए ।

कार्यक्रमम बोल्दै सचिव बरालले नेपाली विशेषताको समाजवादी कार्यक्रम अघि सारिएको भन्दै ‘जसरी जबजले पाँचौ महाधिवेशनबाट नेपाली कम्युनिष्ट आन्दोलनका निम्ति कोशे ढुङ्गा भयो, त्यसैगरी हामीले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरिएको नेपाली विशेषताको समाजवादी कार्यक्रम पनि कम्युनिष्ट आन्दोलनका निम्ति कोशे ढुङ्गा सावित हुनेछ। पार्टीले अघि सारेको समाजवादी कार्यक्रमलाई जनताको हतमा लैजानका निम्ति पार्टी पंक्ति क्रियाशिल हुनुपर्छ। महाधिवेशनले नीति र नेतृत्व चयन गरेको छ। यसलाई बोकेर हामी जनताको बीचमा जानुपर्छ।’

कार्यक्रममा तुलुबहादुर गुरूङ, लेखनाथ पोखरेल, धनराज आचार्य, दिलकुमारी पन्त, रत्ना कुमारी गुरूङ, प्रदेश कमिटी सदस्यहरू गोपाल गिरी, इश्वरी न्यौपाने, महानगर कमिटी अध्यक्ष मुक्तिनाथ पौडेल, नवराज सुवेदी, एकीकृत ट्रेड युनियन महासंघ, गण्डकी प्रदेश अध्यक्ष तिलक बिक, राजन पराजलुी, दानकुमारी बराललगायतले मन्तव्य राखेका थिए । जिल्ला कमिटी कास्कीका अध्यक्ष खड्क हमालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

 

तपाईको बिचार