विराटनगर । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सचिवालय अगाडि आमरण अनसन बस्न लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
तपाईको बिचार