कोरिया नेपाली युवामाझ आकर्षक श्रम गन्तव्य, सन् २०२३ मा सबैभन्दा बढी कामदार पठाउने मुलुक

कोरिया नेपाली युवामाझ आकर्षक श्रम गन्तव्य, सन् २०२३ मा सबैभन्दा बढी कामदार पठाउने मुलुक

717

काठमाण्डौं । दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक श्रम गन्तव्यका रूपमा स्थापित भएको छ । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बनेको थियो । सन् २०२४ को पछिल्लो ७ महिनाभित्र ४ हजार २  सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म पाँच लाख ४८ हजार ७ सय ७१ जना भाषा परीक्षामा सहभागी भएका छन् ।

हालसम्म ९८ हजार ३ सय १० पुरुष र ७ हजार २ सय ४३ महिला गरी एक लाख ५ हजार ५ सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका इपिएस शाखाका प्रमुख मैयाँ कँडेल बताइन् ।

यसको पुष्टि दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षा इपिएसमा सहभागी नेपाली युवाको सङ्ख्याले पनि जनाउँछ ।
सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ ।

इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म ९ लाख १९ हजार ६ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार ६ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर