पाँचथर बम विस्फोटका घाइतेको उपचारको जिम्मा सरकारले लिने

पाँचथर बम विस्फोटका घाइतेको उपचारको जिम्मा सरकारले लिने

833

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाईते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ ।

आम संचार क्षेत्रले घाइते बालबालिकाको उपचारमा सरकारको हेलचेक्याँई भन्ने समाचार प्रकाशन प्रशारण भएपछि स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घटनामा घाइते भएका ४ जना बालबालिका मध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ । उनीहरु दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ ( द्वन्द्वकालको ह्यान्डमेड सकेट बम ) विष्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यस अघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् । फालेलुङ गाउँपालिकाले भद्रपुरदेखि काठमाडौंसम्मको हवाई टिकट काटिदिएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर