काठमाडौं । नेपाली सेनाको प्रधान सेतापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नियुक्त गरेका हुन् ।
उनी नेपाली सेनाको ४५औं प्रधान सेनापति हुन् । नेपाली सेनाको परम्पराअनुसार प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गरेका थिए ।
उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेका थिए ।
तपाईको बिचार