काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले नेपाल पत्रकार महासङ्घको निर्वाचन समयमै हुन नसकेकोमा खेद व्यक्त गरेको छ । स्थापना दिवसको तेस्रो वर्ष पूरा भएको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले ‘देश र दुनियाँका खोट औँल्याउने पेसामा लागेका पत्रकारहरूले आफ्नै छाता सङ्गठनको समयमा नेतृत्व चयन गर्न नसक्नु खेदजनक छ’ भनिएको छ ।
‘कसै कसैले सदस्यता शुद्धीकरणलाई सांगठानिक स्वार्थपूर्तिको हतियार बनाउँदा त्यही विषयमा उत्पन्न विवादका कारण महासङ्घको निर्वाचन सम्पन्न हुन नसकेको हो’, विज्ञप्तिमा भनिएको छ ।
न्यायोचित सदस्यता सूची सार्वजनिक गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न सङ्गठनले माग पनि गरेको छ । संगठनले सदस्य सङ्ख्याका आधारमा नेतृत्व लिने गरी महासङ्घको नेतृत्व सहमतिमा चयन गर्न पनि माग गरेको छ ।
देशभरि रहेका महासङ्घका सदस्य सङ्ख्याको आधारमा सबभन्दा बढी सदस्य हुने सङ्गठनलाई नेतृत्व दिने गरी दोस्रो, तेस्रो र चौथो सङ्गठनका हकमा पनि त्यही मान्यताबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्दै जानुपर्छ भन्ने यस सङ्गठनको मान्यता हो’, विज्ञप्तिमा भनिएको छ । ‘श्रम समस्या रहेको सञ्चार प्रतिष्ठानको पहिचान गरी व्यवस्थापनका कारण भएका श्रम समस्या हल गर्न राज्यले निश्चित संयन्त्र बनाइनुपर्ने समेत विज्ञप्तिमा भनिएको छ ।
तपाईको बिचार