रुकुम । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । अरिङगालको टोकाइबाट मृत्यु हुनेमा भूमे गाउँपालिका- ९ चनवाङका २७ वर्षका न्युटन घर्तीको रहेका छन् ।
उनको जिल्ला अस्पताल रुकुममा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अरिङगालको टोकाइबाट एक जना घाइते भएका छन् ।
अरिङगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका-७ नाथिघाटका २४ वर्षीय कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
तपाईको बिचार