काठमाडौं । अर्थ मन्त्रालयले महत्वपूर्ण विभागका महानिर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार आन्तरिक राजश्व विभाग, भन्सार विभाग तथा मन्त्रालयका महाशाखा प्रमुखहरूको जिम्मेवारी फेरबदल गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रामप्रसाद आचार्यलाई दिइएको छ भने हरिशरण पुडासैनीले भन्सार विभागको जिम्मेवारी पाएका छन् ।
यसैगरी रमेश अर्याललाई ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा पठाइएको छ भने पार्वती शर्माले मध्यम स्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी पाएका छन् ।
यस्तै दीपक लामिछानेलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक र डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।
त्यसै गरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, थानप्रसाद पङ्गेनीलाई अर्थ मन्त्रालय वित्तीय सङ्घीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ ।
यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।
तपाईको बिचार