काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा ) नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ ।
शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाइ र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलरसमेत गरेका छन् ।
जसपा नेपालले भदौ ९ गते काठमाडौंस्थित काठमाडौं ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ । जसपाले आफ्ना ४१५ जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणको लागि खटाएको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ ।
यस्ता छन् निर्णयहरु-
जसपा नेपालको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक (1)
तपाईको बिचार