सरकारले एकैपटक ५९ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले एकैपटक ५९ सहसचिवको सरुवा (सूचीसहित)

1036

काठमाडौं ।

सरकारले पाँच दर्जन सहसचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार आठ जना सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका छन् भने चार जना परराष्ट्र मन्त्रालय र पाँच जना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्राप्त विवरण अनुशार अर्थ मन्त्रालय आउने सहसचिवहरूमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका प्रदेश सचिव हरिशरण पुडासैनी, राष्ट्रिय योजना आयोगका महेश भट्टराई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त)का दीपक लामिछाने, लोक सेवा आयोगका गोपीकृष्ण कोइराला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीका यमुना प्रधान, आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेशका श्याम प्रसाद भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी रहेका छन् ।

यसैगरी महावाणिज्य दूतका लागि चार जनाको परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासामा रिक्त महावाणिज्य दूतका लागि गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद निरौला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त) का विन्देश्वर प्रसाद लेखक र गृह मन्त्रालयकै सहसचिव भरत खनाललाई सरुवा गरिएको छ ।

 

 

 

 

 

 

तपाईको बिचार